Tuesday, February 26, 2013

यो साँझ यो सुबाश 61th episode download






Episode : 61
कार्यक्रम : यो साँझ यो सुबाश
प्रस्तोता : प्रदिप गिरि
Email : hajurkopatra@gmail.com  
Phone :  9808826116
रन्सी मिडियाद्वारा यु.एस.ए मा उत्पादन भई देशका विभिन्न एफ.एमहरुमा विभिन्न लेख रचना,  प्रेरणादायीक कथा तथा गजलहरु साथ प्रशारण हुने यस यो साँझ यो सुवास कार्यक्रम प्रस्तोता प्रदिप गिरी तथा उत्पादन सहयोगी रन्सी गिरीद्वारा यस ब्लगमा राख्ने अनुमतिका साथै यो अंश उपलब्ध गराईदिनु भएकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । 
Download :  अंक यहाँ क्लिक गर्नुहोस
सुन्नको लागि


यो साँझ यो सुबाश 60th episode download



EPISODE : 60
कार्यक्रम : यो साँझ यो सुबाश
प्रस्तोता : प्रदिप गिरि
Email : hajurkopatra@gmail.com  
Phone :  9808826116
रन्सी मिडियाद्वारा यु.एस.ए मा उत्पादन भई देशका विभिन्न एफ.एमहरुमा विभिन्न लेख रचना,  प्रेरणादायीक कथा तथा गजलहरु साथ प्रशारण हुने यस यो साँझ यो सुवास कार्यक्रम प्रस्तोता प्रदिप गिरी तथा उत्पादन सहयोगी रन्सी गिरीद्वारा यस ब्लगमा राख्ने अनुमतिका साथै यो अंश उपलब्ध गराईदिनु भएकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । 
Download :  यहाँ क्लिक गर्नुहोस
सुन्नको लागि


वहकिने मन (14th Falgun 2069, Feb 25th 2013) Download


एउटा भिन्नै रेडियो कार्यक्रम "वहकिने मन "
Host :  Mahabir Biswakarma 
Time and day  : Every Monday 9:15 PM 
Phone : 977-01-550982 and 977-01-5551161 
सि आई एन मार्फत देशभरिका विभिन्न 62 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मनको यो अंक प्रस्तोता महाविर विश्वकर्माबाट प्राप्त गरी यस ब्लगमा राख्ने जमर्को राखेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।। 

LISTEN NOW 
Download  : Falgun 14th 2069 Feb 25th 2013 episode

वहकिने मन (7th Falgun 2069, Feb 18th 2013) Download


एउटा भिन्नै रेडियो कार्यक्रम "वहकिने मन "
Host :  Mahabir Biswakarma 
Time and day  : Every Monday 9:15 PM 
Phone : 977-01-550982 and 977-01-5551161 
सामुदायिक सूचना नेटवर्क सि आई एन मार्फत देशभरिका विभिन्न 62 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मनको यो अंक प्रस्तोता महाविर विश्वकर्माबाट प्राप्त गरी यस ब्लगमा राख्ने जमर्को राखेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।। 

LISTEN NOW 
Download  : Falgun 7th 2069 Feb 18th 2013 episode

Saturday, February 16, 2013

पल्पसा क्याफे by नारायण वाग्ले

कार्यक्रम :   रेडियो वाचन (RADIO BACHAN)
कृति  : पल्पसा क्याफे (PALPASA CAFE)
लेखक : नारायण वाग्ले
विधा : उपन्यास
प्रशारित रेडियो : HBC
बाचक :  अच्युत घिमिरे
एच.वि.सी एफ.एम. बाट प्रशारित हुने लोकप्रिय कार्यक्रम रेडियो वाचन मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज नारायण वाग्ले को मदन पुरस्कार विजयी चर्चित उपन्यास ‘पल्पसा क्याफे’  प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ । 
Download : Part 1
Listen : Part 1

Download : Part 2
Listen : Part 2

Download : Part 3
Listen : Part 3

Download : Part 4
Listen : Part 4
Download : Part 5
Listen : Part 5
Download : Part 6
Listen : Part 6

Download : Part 7
Listen : Part 7

Download : Part 8
Listen : Part 8


च्यात्न नसकेको चिठी by डा. दीपक खड्का


कार्यक्रम :  श्रुति संम्वेग (SHRUTI SAMBEG)
कृति  :  च्यात्न नसकेको चिठी
लेखक :  डा. दीपक खड्का
विधा :  लघु उपन्यास
प्रशारित रेडियो : UJYALO 90.0
बाचक :  अच्युत घिमिरे
 रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज डा. दीपक खड्काको चर्चित लघु उपन्यास ‘च्यात्न नसकेको चिठी’ प्रस्तुत गर्ने जमर्को गरेको छु । एउटा प्रेम पत्रमा नै टुङगीएको यो लघु उपन्यास पत्र साहित्यको रुपमा पनी महत्वपूर्ण मानिन्छ । आशा छ यसलाई स्वीकार्नु  हुन्छ । 
Download : Part 1
Listen : Part 1

Download : Part 2
Listen : Part 2

Download : Part 3
Listen : Part 3



तरुनी खेती by सरुभक्त

कार्यक्रम :  श्रुति संम्वेग (SHRUTI SAMBEG)
कृति  :  तरुनी खेती
लेखक :  सरुभक्त
विधा :  उपन्यास
प्रशारित रेडियो : UJYALO 90.0
बाचक :  अच्युत घिमिरे
 रेडियो कार्यक्रम ‘श्रुति संम्वेग ’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज सरुभक्तको चर्चित उपन्यास ‘तरुनी खेती’ नामक उपन्यास प्रस्तुत गर्ने जमर्को गरेको छु । विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ । 
सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” । आशा छ यसलाई स्वीकार्नु  हुन्छ । 
सौजन्य :  विभिन्न ब्लगहरु
Download : Part 1
Listen : Part 1

Download : Part 2
Listen : Part 2

Download : Part 3
Listen : Part 3

Download : Part 4
Listen : Part 4

Download : Part 5
Listen : Part 5





Friday, February 15, 2013

यो साँझ यो सुबाश 59th episode (VALENTINE DAY SPECIAL) download


EPISODE : 59 VALENTINE DAY SPECIAL
कार्यक्रम : यो साँझ यो सुबाश
प्रस्तोता : प्रदिप गिरि
Email : hajurkopatra@gmail.com  
Phone :  9808826116
रन्सी मिडियाद्वारा यु.एस.ए मा उत्पादन भई देशका विभिन्न एफ.एमहरुमा विभिन्न लेख रचना,  प्रेरणादायीक कथा तथा गजलहरु साथ प्रशारण हुने यस यो साँझ यो सुवास कार्यक्रम प्रस्तोता प्रदिप गिरी तथा उत्पादन सहयोगी रन्सी गिरीद्वारा यस ब्लगमा राख्ने अनुमतिका साथै यो अंश उपलब्ध गराईदिनु भएकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । 
Download :  अंक यहाँ क्लिक गर्नुहोस
सुन्नको लागि


Monday, February 11, 2013

वहकिने मन (29th Magh 2069, Feb 11th 2013) Download



एउटा भिन्नै रेडियो कार्यक्रम "वहकिने मन "
Host :  Mahabir Biswakarma 
Time and day  : Every Monday 9:15 PM 
Phone : 977-01-550982 and 977-01-5551161 
सामुदायिक सूचना नेटवर्क सि आई एन मार्फत देशभरिका विभिन्न 62 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मनको यो अंक प्रस्तोता महाविर विश्वकर्माबाट प्राप्त गरी यस ब्लगमा राख्ने जमर्को राखेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।। 

LISTEN NOW 
Download  : Magh 29th 2069 Feb 11th 2013 episode

२०७० सालका सार्वजनिक एवं पर्व विदाहरु

नेपाल सरकारले २०७० साल वैशाख १ गतेदेखि २०७० साल चैत्र मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयहरूलाई देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको
                 Click image for download
                  स्रोत : गृह मन्त्रालय

Friday, February 8, 2013

झोला by कृष्ण धराबासी


कार्यक्रम :  रेडियो वाचन (RADIO BACHAN)
कृति  : झोला
लेखक : कृष्ण धराबासी
विधा :  उपन्यास
प्रशारित रेडियो : RADIO HBC
बाचक :  अच्युत घिमिरे
 रेडियो कार्यक्रम ‘रेडियो वाचन’ मा देश तथा विदेशका वरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु वाचन गर्ने सिलसिलामा कार्यक्रम प्रस्तोता अच्युत घिमिरेको अनुमति प्राप्त गरी यस ब्लगमा आज कृष्ण धराबासीको चर्चित उपन्यास ‘झोला’ नामक गद्य श्रृखला प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ । 
Download : Part 1
Listen : Part 1

कथा मा, कथाकार धारावासी आफैँ उपस्थित भएकाछन् । घरमा झुण्ड्याइराखेको झोला मा कुनै अपरिचित ले ल्याइएको पत्र रहेछ, लेखक त्यही पत्र पढेर यहाँ सुनाउँदैछन् । कथामा कथाकार ले आफ्नो घरको परिवेश को पनि वर्णन गर्दैछन्, श्रीमती, आमा, छोरा सबैछन् कथा मा । त्यो अपरिचितको पत्र लेखक हामीलाई सुनाउँदैछन् ।
त्यो पत्र मा लेखिएको छ । मेरी आमा को सानैमा बिहे भयो, मेरो बुबा सँग । बुबाको यो दोश्रो बिहे थियो, आफूभन्दा ४० वर्ष कम उमेर की केटी सँग मेरो बुबाको बिहे भएको थियो । म ११ वर्ष को थिँए । एकदिन, बुबा को मृत्यु भयो, मेरी आमा सती जानुपर्ने भयो । म उहाँ सती होइन भन्छु, बुबाले सती नजानु भनेको कुरा सबैलाई सुनाउँछु तर मेरो कुरा कसैले सुन्न चाहेनन् । सबै भन्छन्, अब यिनी सती भइसकिन् । आमा एकहोरो हुनु भयो, नारीहरु सबै मेरी आमालाई र मलाई सहानुभुतीको नजरले हेरिरहेकाथिए । त्यहाँ उपस्थित नारीहरु आफ्ना श्रीमान का आँखामा आफ्नो आयु खोजिरहेका थिए । सबैजना सती बिधि गर्न व्यस्त थिए, मेरो कुरा कसैले सुनेन, मेरी आमालाई जिउँदै जलाउने भए, सती को नाम मा । लाश लिएर मलामी घाटतिर लागे, आमालाई श्रृंगार गराएर लाश सँगै हिँडाए । तमोर नदि को घाटमा बाहुन सती बिधि गर्न थाले, बिधि पुरा भएपछि, मेरी आमालाई चिता माथि राखे, अनि आमा को काखमा मेरो बाबुको टाउको राखियो, ठूल्दाजुले चिता मा आगो लगाउनुभयो । यसरी मेरी आमा लाई मेरो मरेको बाबुसँगै जिउँदै जलाएर खरानि बनाए, अब म टुहुरो भएँ ।
दिनहरु बित्दै थिए, म दिनहुँ गाईवस्तु चराउन जान्थेँ, एक दिन अचानक मैले मेरी आमालाई जंगलमा भेटेँ । जलाइसकेकी मेरी आमा कसरी जिउँदै भइन्... यदी यसकथा को पात्र ले आफ्नी आमालाई भेटेकै भएपनि, के त्यो समाज ले उनको आमालाई बाँच्न देला त ? सती गइसकेकी आइमाईलाई कसैले घरमा आश्रय देलान् त ? जलेर खरानी भइसकेको मान्छे, जिवित हुन सक्ला त ? जवाफ को लागि तपाईले यो रेडियोवाचन को पुरै अंक सुन्नुपर्नेछ ।
धारावासी का कथाहरुमा नारीवादी दृष्टिकोण पाइने गरिएको छ । यस कथामा सतिप्रथा को चर्चा गरिएको छ, अनि सतिप्रथा को उन्मुलन गर्ने श्री ३ चन्द्रशमशेर को पनि सम्झना गरिएको छ । एउटा कारुणिक र दर्दानाक कालखण्ड को याद यो कथाले गराउँछ । सती को नाम मा जिउँदै जल्नुपर्दा को पिडा यसकथाले प्रस्तुत गरेको छ । जिउँदै जल्नुपर्दा को जस्तो पिडा अरु केही होला त ? म त सम्झिसम्झि झस्किन्छु, यस्तो प्रथा कसले चलाएछ, लोग्ने मरेपछि जिउँदै जल्नुपर्ने । अनि फेरी सोच्नपुग्छु, सतीहरु कसरी जिउँदै चिता मा बस्थे होलान्, उनीहरु को मनोदशा के हुन्थ्यो होला । सोच्दै जाने हो भने, यो दलदल मा फस्दैँ गइन्छ ।
हुन त अहिले सतिप्रथा उन्मुलन भइसकेको छ तर पनि यस्तै किसिमका रुढिवादी चलनहरु नेपाल का कुनाकानी मा अझै व्याप्त छन्, संस्कारका नाउँमा । जेहोस्, सती प्रथा को उन्मुलन गर्ने श्री ३ चन्द्रशमशेर लाई हार्दिक धन्यवाद, उनले त्यो बेला पहल नगरेको भए थाहा छैन, अझ कति नारीहरुले सति को नाउँमा जल्नुपर्थ्यो होला । सतीप्रथा को विषयवस्तु र सती को पिडा लेख्नुहुने, कृष्ण धारावासीलाई हार्दिक धन्यवाद ।

साभार : विभिन्न ब्लगहहरु

Thursday, February 7, 2013

यो साँझ यो सुबाश 57 & 58th episode download



EPISODE : 57 & 58
कार्यक्रम : यो साँझ यो सुबाश
प्रस्तोता : प्रदिप गिरि
Email : hajurkopatra@gmail.com  
Phone :  9808826116
रन्सी मिडियाद्वारा यु.एस.ए मा उत्पादन भई देशका विभिन्न एफ.एमहरुमा विभिन्न लेख रचना,  प्रेरणादायीक कथा तथा गजलहरु साथ प्रशारण हुने यस यो साँझ यो सुवास कार्यक्रम प्रस्तोता प्रदिप गिरी तथा उत्पादन सहयोगी रन्सी गिरीद्वारा यस ब्लगमा राख्ने अनुमतिका साथै यो अंश उपलब्ध गराईदिनु भएकोमा उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । 

Tuesday, February 5, 2013

वहकिने मन (22th Magh 2069, Feb 4th 2013) Download



एउटा भिन्नै रेडियो कार्यक्रम "वहकिने मन "
Host :  Mahabir Biswakarma 
Time and day  : Every Monday 9:15 PM 
Phone : 977-01-550982 and 977-01-5551161 
सामुदायिक सूचना नेटवर्क सि आई एन मार्फत देशभरिका विभिन्न 61 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मनको यो अंक प्रस्तोता महाविर विश्वकर्माबाट प्राप्त गरी यस ब्लगमा राख्ने जमर्को राखेको छु । आशा छ यसलाई स्वीकार्नु हुन्छ ।। 

LISTEN NOW 
Download  : Magh 22th 2069 Feb 5th 2013 episode

Sunday, February 3, 2013

कस्तो बाख्रो ? घाँस होइन कुखुराका चल्ला खाने


बाख्राले के खान्छ ? घाँसपात, अन्न आदि । बाख्रा शाकाहारी हो त्यसैले यसले मासु खाँदैन । तर यो दुनियाका सबै बाख्राले घाँसपात मात्र नखाँदा रहेछन् । भारतमा एउटा यस्तो बाख्रो छ जसले घाँसपात होइन माछामासु खान्छ । हो, भारतको नुरुंगेलमा एउटा यस्तो बाख्री छ जसले घाँस भन्दा मासु मन पराउँछ । सकीर नामका किसानले पालेको उक्त बाख्राले कुखुराका चल्ला र माछा खान खुब मन पराउँछ । बाख्रो बाँधेको नजिकैबाट कुखुराका चल्ला हिँडेको देखेमा त्यो बाख्राले मुखले ट्वाप्पै टिपेर खाइहाल्छ । त्यस्तै घरमा पकाएको माछा दिएमा पनि बाख्राले कपाकप खाइदिन्छ ।
यो मासु खाने बाख्रो सकीरले ६ महिनाअघि किनेका रहेछन् । उनले यो बाख्राले मासु खान्छ भन्ने जानेका भए सायद नकिन्दा हुन् । तर थाहा पाएनन् र किनिहाले । बाख्रो किनेको केही दिनपछि घरमा पालेको एउटा कुखुराको चल्लो हरायो । सायद सर्पले वा न्याउरी मुसाले मारेर खायो होला भन्ने उनले अनुमान गरेका थिए ।दिनदिनै कुखुराका चल्ला हराउन थालेपछि भने उनको मनमा शंका पस्यो । उनले एक दिन चल्ला कसले लैजाँदो रहेछ भनेर निगरानी गरे । उनी त्यसबेला अचम्ममा परे जब उनले देखे की बाख्रोले चल्लो खाइरहेको थियो । उनलाई बाख्राले आफै मारेर चल्लो खान्छ भन्ने कुराको अझैपनि पत्यार लागेन । उनले एउटा चल्लो लगेर उक्त बाख्रोको नजिकै राखिदिए । तत्कालै त्यो बाख्रोले उक्त चल्लाको घाँटीमा दाँत गाडिहाल्यो अनि मारेर मासु खाइहाल्यो ।
सकीरका अनुसार यो बाख्राले पछिल्लो ६ महिनामा ५० वटा चल्ला खाइसकेको छ । घाँस खाने बाख्राको जातले मासु खाँदा समेत यो बाख्रालाई कुनै त्यस्तो स्वास्थ्य समस्या भने छैन । पशु विज्ञहरु पनि यो बाख्राको मासु खाने आदत देखेर छक्क परेका छन् । वंशाणु विकृतिका कारण यो बाख्रो मांसाहारी भएको हुनसक्ने अनुमान उनीहरुको छ । यसको एकिन गर्न यो बाख्राको रगतको नमूना संकलन गरिएको छ ।
Courtesy: onlinekhabar.com