९ पुस, काठमाडौं । नेकपा-माओवादीले सोमबारबाट सुरू भएको राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणलाई गैरजिम्मेवारपूर्ण बताउँदै भ्रमण स्थगन गर्न माग गरेको छ ।

भुसालको वक्तव्यमा नेपाली जनताले नेपालको दैनिक राजनीतिमा समेत भारतीय शासक वर्गको हस्तक्षेप महसुस गरिरहेको बेला यो भ्रमण सन्देहको घेरामा पर्न सक्ने कुराप्रति राष्ट्रपतिलाई गम्भीरतापूर्वक ध्यान दिन भनिएको छ ।
विद्यमान राजनैतिक सङ्कट निकासका लागि सर्वपक्षीय सहमति खोज्नुभन्दा पनि तीन दल र मधेशी मोर्चाको गोलचक्करमा राजनीति घुमाइरहने राष्ट्रपतिको पछिल्लो प्रयत्नलाई पार्टीले गम्भीरतापूर्वक लिएको माओवादीले बताएको छ । राष्ट्रपतिको यो कदमलाई अलोकतान्त्रिक प्रक्रियाको अभ्यास बताउँदै यही कारणले सोमबार डाकिएको विघटित संविधानसभामा उपस्थित दलहरुको बैठकमा सहभागी नभएको प्रवक्ता भुसालको प्रष्टोक्ति छ ।
‘सम्पूर्ण राजनीतिक प्रक्रियाको समीक्षा नै नगरी राष्ट्रपति महोदयले तीनै दलहरु र मोर्चाहरुका शीर्ष नेताहरुबाट राजनैतिक सङ्कटको निकास निकाल्ने प्रयासप्रति हाम्रो गम्भीर असहमति रहँदै आएको हो । तीनदल र मोर्चाका असफल शीर्ष नेताहरुबाट सही निर्णय निस्कन नसक्ने र तिनीहरुको निश्कर्ष राष्ट्रिय सहमतिसमेत हुन नसक्ने स्वतः छ ।’ नेतृ भुसालको वक्तव्यमा भनिएको छ ।
Courtesy : onlinekhabar.com
No comments:
Post a Comment